रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने

काठमाडाैं | फागुन १५, २०७९

रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकपछि रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने जानकारी दिए।

 

बुर्लाकोटीले भने,‘सरकारका विषयमा पार्टीको पूर्वनिर्णय कायम छ । तत्काल हामीले समर्थन फिर्ता लिदैनौं।’ सरकारबाट भने रास्वपा बाहिरिएको छ।

 

नेपालको राजनीतिमा अर्को घटनाक्रम विकसित नभएसम्म सरकारलाई दिएको समर्थन कायमै रहेको उनको भनाइ  छ। राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्ने प्रयास भइरहेको र उम्मेदवारले उम्मेदवारी फिर्ता दिने समय रहेकाले कसलाई मतदान गर्ने भन्नेबारे कुनै निर्णय नभएको उनले बताए। 

 

बैठकले चितवन २ को प्रतिनिधिसभा उपनिर्वाचनमा भाग लिने निर्णय गर्दै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको बुर्लाकोटीले जानकारी दिए।

 

बैठकले उक्त उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ ।  

पोखरा:  जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’  ...

थप पढ्नुहोस्

काठमाडौं:  गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।   चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो ।   इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

थप पढ्नुहोस्

पोखर:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पृथ्वीनारायण शाहको अगुवाईमा टुक्रे राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण भएको तथ्य बिर्सन नहुने बताउनुभएको छ ।   पृथ्वी जयन्ती...

थप पढ्नुहोस्